बालकृष्ण ढुंगेल सदरखोर डिल्लीबजार चलान, १२ बर्ष जेल बस्नु पर्ने

काठमाडौं । ललितपुरको सातदोबाटोबाट सिअाईबीले पक्राउ गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

 उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका छन् । ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । ढुंगेलले अब १२ बर्ष जेल बस्नु पर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित