एबिसीको आयोजनामा चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनार हुँदै

abcचितवन । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एविसी एजुकेशन एण्ड माइग्रेसनले चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना गर्ने भएको छ ।

अष्ट्रेलियालगाएतका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई गुणस्तरिय शैक्षिक परामर्श, भिसा प्रक्रिया, डकुमेन्टेस तथा तयारी कक्षालगायतको सेवा प्रदान गर्दै आएको एविसीले चितवनका विद्यार्थीहरुलाई लक्षित गरी सेमिनारको आयोजना गरेको जनाएको छ ।

भरतपुरको होटल गार्डेन रिसोर्टमा ४ गते शुक्रबार विहान ११ बजेदेखी दिउसो ३ बजेसम्म सेमिनार कन्सलटेन्सीले जनाएको छ । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यले सेमीनार आयोजना गर्न लागिएको एविसीका सेल्स एण्ड मार्केटिङ प्रमुख किरण भट्टराइले जानकारी दिए ।

सेमीनारमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि पनि सहभागी हुनेछन् । जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् ।

विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक अवस्थाअनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी सेमिनारमा दिइने भट्टराइले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित