५ घण्टा बैठक बस्दा पनि केन्द्रीय सदस्य टुंगो लगाउन सकेनन् प्रचण्डले

prachanda1

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्नका लागि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शिर्ष नेताहरु ५ घण्टासम्म बैठक बस्दा पनि त्यसको निचोड निस्कल्न सकेका छैनन् । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहनेछन् । तत्कालीन एमालेको केन्द्रीय कमिटी २०० सदस्यीय थियो । एमालेले बाँकी ४१ केन्द्रीय सदस्य सूची लगभग तयार भएको बताइएको छ ।

तर, माओवादीको केन्द्रीय सदस्य ४ हजारभन्दा बढी थिए । पार्टी पुनर्गठन गर्ने निर्णय भए पनि त्यसले गति नपाएका कारण संगठन भद्रगोल अवस्थामा रहेकाले केन्द्रीय सदस्य छान्न माओवादीलाई झन समस्या परेको देखिएको छ । अहिले माओवादी नेताहरुलाई कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय लिन कठिन भएको बताइएको छ ।

शनिबार प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’बीच पाँच घन्टा छलफल भएको थियो । तर, उनीहरुले सदस्यको टुंगो लगाउन भने सकेनन् । यसबारे आज पनि छलफल गर्ने तयारी छ । तर, आज पनि सूची तयार हुने अवस्था नरहेको तत्कालिन माओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित