सुन तस्करी काण्ड: समितीको म्याद थपियो, गोरे र सुन अझै फेला परेनन्

taskari

 काठमाडौँ। सरकारले ३३ किलो सुन काण्डबारे अनुसन्धान गर्न गठन गरेको विशेष अनुसन्धान टोलीको म्याद थपेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले टोलीको म्याद जेठ मसान्तसम्म थपेको हो । तर, म्याद थपिए पनि अब सुन तस्करीको अनुसन्धानमा थप प्रहरी तानिने अबस्था भने देखिँदैन। किनकी समितीमा रहेका एसएसपी बसन्त लामा र डिएसपी सुदिप पाठकको टोलीले पुर्व आईजीपी उपेन्द्रकान्त अर्यालको डिजाइनमा काम गरेर बिमानस्थलमा १६ महिना सम्म काम गरेका पुर्व एआइजी बिजयलाल कायस्थलाई जोगाउन लागिसकेको आरोप लगेको छ।

 सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके गोरे भन्ने चुँडामणी उप्रेतीसँग एयरपोर्टमा छँदा देखि नै एसएसपी श्याम खत्रीले साँठगाँठ गरेका थिए । खत्री र गोरे अहिले फरार छन् । खत्री एयरपोर्टमा रहँदा उनका हाकिम रहेका  तत्कालिन डिआईजी विजयलाल कायस्थ १६ महिनासम्म सुन तस्करहरुकै सेटिङमा एयरपोर्टमै बसेका थिए ।

 कायस्थका हरेक आदेश खत्रीले पालना गर्दै आएका थिए । तर, अहिलेसम्म पनि समितिले कायस्थलाई बयानका लागि बोलाएको छैन । लहरो तान्दा पहरो गर्जने भनेझैं कायस्थलाई आदेश दिने तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल पनि सुन तस्करी काण्डमा तानिने भएपछि कायस्थमाथि अनुसन्धान हुन सकेको छैन । खत्री र गोरेलाई पक्राउ गर्न समिती असफल हुनु, सम्पूर्ण आदेश दिने र एयरपोर्टमा सुरक्षाको नेतृत्व गरेका कायस्थमाथि अनुसन्धान शुरु नगर्नु नै समितिको पूर्वाग्रहि कार्य भएको प्रहरीका एक उच्च अधिकारी दावी गर्छन् ।

 एसएसपी लामा र कायस्थबीच राम्रो सम्बन्ध रहेको र पर्दा पछाडिबाट पूर्व आईजीपी अर्यालले लामा, समितिका डिएसपी सुदिप पाठक र इन्सपेक्टर भिष्म हुँमागाईंलाई दवाव दिएका कारण सुन तस्करीको अन्तिम छानविन नै अपलपत्र परेको छ ।

 चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। स्रोतका अनुसार लामा र पाठकले गृहमन्त्री रामबहादुर थापा र आईजिपी सर्वेन्द्र खनाललाई गलत विवरण दिएर तस्करीका मुख्य अभियुक्त र कायस्थको समुहलाई  जोगाउन खोजेका छन् ।

प्रतिक्रिया

सम्बन्धित