‘गोल्ड डन’ गोरे मोरङमा, किन लगाइएन हत्कडी ?

gore

काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो अवैध सुन तस्करीका मुख्य आरोपी ‘गोल्ड डन’ चूूणमणी उप्रेती उर्फ गोरेलाई आजै मोरङ पुर्‍याइएको छ । गृह मन्त्रालयको विशेष छानविन समितिले आज विहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको गोरेलाई दिउसो मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेर आजै मोरङ पुर्‍याएको हो । गोरेलाई करिब ३८ क्वीन्टल सुन तस्करी को मुख्य पात्र मानिएको छ ।

गोरेलाई आजै जिल्ला अदालतमा पेश गरिएको छ । यति एयरलाइन्सको ९एन एएमएम विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल ओर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो ।

रातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन । कालो माक्स लगाएका मुख्य आरोपी गोरेलाई किन हत्कडी लगाइएन ? भन्ने प्रश्नले यतिबेला समितिलाई टाउको दुःखाइको विषय बनेको छ ।

सामान्य अभियुक्तलाई हत्कडी लगाउने प्रहरीले सनम शाक्यको हत्यामा संलग्न र क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्नेलाई भने किन हत्कडी लगाउन नसकेको हो त्यसको उत्तर समितिले दिन सक्नुपर्छ ।

३८ क्विन्टल सुन तस्करी, सनम शाक्य हत्याका विषयमा गोरेको बयान अदालतले लिने छ । उनलाई मोरङ प्रहरीको हिरासतमा राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित