मध्यराति महेन्द्रको शालिक भत्काएपछि...

Mahendra-Shah

 स्याङजा । स्याङजा जिल्लामा डोजर प्रयोग गरेर राजा महेन्द्रको शालिक भत्काइएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन् ।  सिदार्थ राजमार्गअन्तर्गत पुतलीबजारमा रहेको राजा महेन्द्रको शालिकलाई नगरपालिकाले भत्काएको हो ।

पार्क र शालिकका कारण दुर्घटना बढ्दै गएको वहानामा पुतलीबजार नगरपालिकाको वडा नं. १ को कार्यालयले बुधबार मध्यराति डोजर प्रयोग गरी शालिक भत्काएको स्थानीयले बताएका छन् ।

२०२२ सालमा सिदार्थ राजमार्गको ट्रयाक खोलिए पनि २०२८ सालदेखि यो सडक खण्ड सुचारु भएको थियो । त्यही समय पारेर राजा महेन्द्रको शालिक निर्माण गरिएको थियो । स्याङजावासीले पहिचानको रुपमा उक्त शालिक राख्दै आएका थिए । २०३२ सालमा महेन्द्रका जेठा छोरा एवं पूर्वराजा वीरेन्द्र शाहले शालिकको उद्घाटन गरेका थिए ।

२०६२–६३ को जनआन्दोलनका क्रममा शालिकको टाउको फोडिएको थियो । टाउको बिनाको शरीर मात्रैको शालिकलाई पनि नगरपालिकाले भत्काइदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित