‘कुनै पनि हालतमा नेतृत्व छाड्दिन र हारको जिम्मेवारी पनि लिन्न’

congress-patry-leaders

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कुनै पनि हालतमा कांग्रेसको नेतृत्व नछाड्ने बताएका छन् । कांग्रेस नेतृत्वप्रति कांग्रेसी नेताहरुले नै आवाज उठाइरहेका बेला सभापति देउवाबाट यस्तो प्रतिक्रिया आएको हो ।

कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित एका कार्यक्रममा बोल्दै सभापति देउवाले भने–‘कसैले ‘गेट आउट’ भन्दैमा मैले नेतृत्व छाड्दिन र अर्को कुरा निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले पनि पाउँदैनन् ।

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतका नेताहरु सहभागी कार्यक्रममा देउवाले भने–‘निर्वाचित भएर आएको सभापति हुँ । कसैले ‘गेट आउट’ भन्दैमा ‘गेट आउट’ हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।’

सभापति देउवाको कार्यकाल दुई वर्ष मात्रै बाँकी रहे पनि एक वर्ष कार्यकाल थप्न पाउने अधिकार सभापतिलाई भएको हँुदा उनले तीन वर्षको समय राखेका हुन् । स्थानीय र संसदिय निर्वाचनपछि कांग्रेस भित्रकै एक समूहले सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाएका छन् भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग पनि गरेका छन् ।

तर, सभापति देउवाले भने निर्वाचनमा कांग्रेस पराजयको कारण एमाले–माओवादी एकता नै भएको बताउँदै आएका छन् । यस अघि पनि कांग्रेस दुई पटक पराजित भएको भन्दै सभापति देउवाले हारको जिम्मा नलिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित