रौतहटको बंकुलबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा

nicasiaa

  रौतहट। एनआईसी एशिया बैंकले बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार रौतहटमा १४३ औं शाखा स्थापना गरेको छ । बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले आज बंकुलबजार शाखाको उद्घाटन गरेका हुन।

 एनआईसी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

 बैंकको वासलातको आकार १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११२ अर्ब र कुल निक्षेप करिब १३८ अर्ब पुगिसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

 साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेले जनाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित