माइक्रो र सुमो दुर्घटना हुँदा १७ जनाको मृत्यु

[caption id="attachment_30121" align="alignleft" width="795"] दुर्घटनामा परेको माइक्रोबस[/caption]

काठमाडौं : छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढि घाइते भएका छन् । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा परेको हो भने उदयपुरमा सुमो जीप दुर्घटनामा परेको हो । माइक्रो दुर्घटनामा परी ६ जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका ४ जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुने मध्ये एक जना गाडी चालक रहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा ५ जना पुरूष, दुर्इ जना बालवालिका र एक जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका–४ मा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १७ जना रहेको बुझिएको छ । मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन् । आफन्तहरू सम्पर्कमा नआउन अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घाइतेहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । यता, उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित