आयल निगमका खड्का मन्त्रालय तानिए

काठमाडौं : आपूर्ति मन्त्रालयले मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तानेको छ । विभिन्न अनियमिततामा मुछिएपछि असोज २ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेका खड्कालाई सर्वोच्चले असोज २२ गते अन्तरिम आदेश दिँदै पुनर्वाहाली गरेको थियो । संसदीय समितिको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले खड्कालाई पदच्युत गरेको भए पनि आफूलाई अन्याय भएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए । स्रोतका अनुसार खड्कालाई आजैबाट हाजीर हुने गरी मन्त्रालय तानिएको हो । इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित