गौचनको हत्यापछि हुण्डी कारोवारीमाथि प्रहरीको निगरानी, विदेशबाटै फिरौती माग

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरचकुमार गौचनको हत्यापछि प्रहरीले हुण्डी कारोवारीमाथि निगरानी बढाएको छ । हत्यामा संलग्न समूहले ठूला ठेकदार तथा व्यवसायीलाई समेत धम्क्याएर विदेशबाटै पैसा मागिरहेका छन् ।

  हुन्डीमार्फत पैसा असुल्न सक्ने भएकाले प्रहरीले हुन्डी कारोबार गर्ने व्यक्तिको सूचना संकलन गरी निगरानी बढाएको जनाएको छ । भारतमा लुकेर एक आपराधिक समूहले एक दर्जन ठूला ठेकदारलाई धम्क्याउँदै आएको छ । धमक्यााएर हुन्डीमार्फत पैसा असुली हुन सक्ने भएकाले आफूहरूले हुन्डी कारोबार गर्नेहरूको सूचना संकलन गरी निगरानी थालेको महानगरीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीले बताए ।

  व्यवसायीलाई पनि त्यस्ता समूहलाई पैसा नदिन प्रहरीले आग्रह गरेको छ । हुन्डी कारोबारीको सूचना भए पनि प्रहरीले कहिलेकाहीँ मात्र छापा हान्ने गरेको छ । गत वर्ष महानगरीय अपराध महाशाखाले लगातार हुन्डी कारोबारीलाई पक्राउ ग-यो ।

  तर, त्यसयता महाशाखाले छापा हानेको छैन । गत वर्ष छापा हान्ने क्रममा ट्राभल, मनि ट्रान्सफर तथा सहकारीमार्फत नै हुन्डीको कारोबार हुने गरेको खुलेको थियो । गत वर्ष महाशाखाले हुन्डी कारोबारको आरोपमा उदयकुमार शर्मा घिमिरे, अरुणकुमार सावरथिया, शंकरलाली चनानी, आङफुर्वा शेर्पा, राजकुमार श्रेष्ठ, कृृष्णकुमार खतिवडा, समीर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नवीन भट्ट, अर्जुन कँडेल, नीरज ढकाल र डिल्ली बस्तेतलाई पक्राउ गरेको थियो ।दुई वर्षअघि प्ररहीले सुन्धारा, खिचापोखरी तथा ठमेलका ट्राभल र मनि एक्सचेन्जमा छापा हानेको थियो । खिचापोखरीका शंकरलाल कोठारीबाट १८ लाख ३३ हजारसहित, ठमेलस्थित नर्थ प्वाइन्ट मनि एक्सचेन्जका राजाराम पाण्डे ५९ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।

 त्यस्तै, ठहिटीस्थित ओम मनि एक्चेन्जका राकेश वैद्य ३ लाख १९ हजारसहित, खिचापोखरीस्थित किरणकुमार गुरुङ ८८ लाख ३५ हजार रुपैयाँसहित, सुन्धारास्थित देउराली मनि एक्सचेन्जका नवराज गुरुङ, ३६ लाख ५३ हजारसहित सुन्धराकै देउराली ट्राभल्सका जेवाहल हक ७ सय ११ अमेरिकन डलरसहित, न्युरोडका केशरीचन्द कचेरिया १६ लाखसहित पक्राउ परेका थिए । पशुपति सुनचाँदी पसलका नन्दुकुमार मर्गले र मैतोष सेनापती २ लाख ६६ हजारसहित, न्युरोडस्थित कंगारु एक्सप्रेसका रवीन्द्र सुवेदी र पृथ्वीबहादुर रावत ३८ लाखसहित तथा महाबौद्धस्थित न्यु पायल इम्पेक्सकाभिमसेजन शर्मा ४७ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।

  तर, पछिल्लो एक वर्षदेखि प्रहरीले हुन्डी व्यवसायी पक्राउ परेका छैन । ठगीदेखि लागुऔषध तथा वन्यजन्तुका अंगका कारोबारको लेनदेन समेत हुन्डीबाट हुने गरेको छ । गत वर्ष पक्राउ परेका दिलबहादुर गुरुङले कोकिन कारोबारका लागि हङकङबाट ८ लाख रुपैयाँ लिएका थिए । उक्त रकमसहित लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यस्तै, दुई महिनाअघि प्रहरीको विशेष ब्युरोले नक्कली भारतीय रुपैया“ कारोबारीलाई पक्राउ गर्दा उनीहरूले हुन्डीमार्फत पाकिस्तानी गिरोहलाई पैसा पठाउने गरेको खुलेको थियो ।दुई वर्षअघि बैंककमा तीन नेपाली विद्यार्थी अपहरणमा पर्दा १र१ करोड फिरौती हुन्डीमार्फत मागिएको थियो ।

  एक विद्यार्थीका आफन्तले एक करोड रुपैयाँ हुन्डी व्यवसायी कुञ्ज विहारीलाई दिएका थिए । विहारीलाई एक करोडसहित प्रहरीले पक्राउ गरेको थियो । चिठ्ठा ठगीमा संलग्न गिरोहले पनि हुन्डीमार्फत नै पैसा मगाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ । नेपालमा बढेको सुन तस्करीले पनि हुन्डी कारोबार बढेको छ । तस्करीको सुनको पैसा पनि हुन्डीमार्फत नै विदेशमा जाने गर्छ । आजको नयाँ पत्रीकामा खबर छ

 

प्रतिक्रिया

सम्बन्धित