सातै प्रदेशका कानुन मन्त्रीहरु हेटौंडामा

mantriharu

   हेटौंडा । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा भेला भएका छन् । त्यहाँ मन्त्रीहरुको अन्तरिक्रया शुरु भएको छ । सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रियामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान, प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह पनि अन्तरक्रियामा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित