सुन काण्ड : डा. डेविटले पनि गरे आत्मसमर्पण

morang

  काठमाडौं । सनम शाक्य हत्या र तस्करीको ३३ किलो सुन प्रकरणमा अभियुक्त बनाइएका डा. डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्। छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन्। उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए। डेविट सुन तस्करीमा पक्राउ परेका भुजुङ गुरुङका साला हुन्।

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए ।

गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए । उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो । खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित