साढे तीन करोडको चेक र ५१ लाख नगदसहित सात जना हुण्डी कारोबारी पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाले हुन्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने ७ जनालाई महाशाखाले आज पक्राउ गरेको हो। राजश्व छली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले माइन्यूज नेपाललाई बताए ।
महाशाखाले नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदिश सरियालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ। यस्तै मोबाइल ल्यापटपलगायतका सामाग्रीहरूसमेत बरामद गरेको छ।
प्रतिक्रिया