बिजुक्छेसँग किन डरायो वाम गठबन्धन ?

भक्तपुर : नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पछाडि हटेको छ । नेपाल मजदुर किसान पार्टीको पक्कड मानिने क्षेत्र नम्बर १ मा वाम गठबन्धन पछि हटेको हो । गठबन्धनले क्षेत्र नम्बर १ मा नेमकीपाका अध्यक्ष नारायणमान बिजुक्क्षेविरुद्ध उम्मेदवारी नदिने निर्णय गर्दै पछि हटेको जनाएको छ एमाले र माओवादीको एकता संयोजन समितिले शनिबार सिटको बाँडफाँड गर्दा १० स्थानमा ‘स्वतन्त्र’ उम्मेदवारलाई सघाउने निर्णय गरेको जनाएको छ । भक्तपुरमा बिजुक्क्षेलाई नै समर्थन रहने गठबन्धनले निर्णय गरेको छ । यसअघि वाम गठबन्धन र नेपाली कांग्रेस दुबैले भक्तपुरमा नेमकिपासँग चुनावी तालमेलको लागि प्रयास गरेका थिए। नेकपा एमाले भक्तपुरले औपचारिक रूपमै नेमकिपालाई चुनावी तालमेलका लागि आह्वान गरेको भएपनि नेमकिपाले त्यो प्रस्तावलाई अस्वीकार गरिदिएको थियो। यता कांग्रेससँगको तालमेलमा पनि विजुक्छेले कांग्रेसँग आफ्नो सिद्धान्त फरक पर्ने भएकाले तालमेल गर्न नसकिने जवाफ फर्काएका थिए। तालमेलका लागि कांग्रेस नेता विमलेन्द्र निधि चुनावी तालमेलको प्रस्ताव लिएर बिजुक्क्षे निवासमै पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित