बंगलादेश बैंक भित्रको विवाद अदालतमा (पत्र सहित)

nb bank

 काठमाडौं । बंगलादेशको ५१ प्रतिशत शेयर रहेको नेपाल बंगलादेश (एनबी) बैंकमा सञ्चालकहरुबीच विवाद बढ्दै गएपछि मुद्दा अदालतसम्म पुगेको छ । गैरकानुनी रुपमा बैंकको व्यवसायिक सञ्चालकमा माधव न्यौपानेलाई नियुक्ति गरिएको भन्दै शेयर होल्डर प्रकाश ज्ञवालीले राष्ट्र बैंकलाई समेत विपक्षी बनाई एनबी बैंक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

 पुनः नियुक्ति नै सदर नभई न्यौपानेलाई सिइओ ज्ञानेन्द्र ढुंगानाले व्यवसायिक सञ्चालकमा नियुक्ति गरेका थिए । पहिले पनि ढुंगानाले ‘एस म्यान’ बनाएका न्यौपानेलाई बंगाली तर्फका तीन जना सञ्चालकसँग साँठगाँठ गरी पुनः सञ्चालक बनाएका हुन् ।
जबकी, राष्ट्र बैंक ऐन अनुसार पुनः नियुक्ति नगरी पदमा बस्न पाईंदैन । तर, यसरी अन्य सञ्चालकहरुले विरोध गरी मुद्दा अदालतसम्म पुगेपछि बैंकको छवि नै गिरेको छ । ढुंगाना आफै सिइओको रुपमा लगातार एनबीमा दुई कार्यकाल बसिसकेका छन् । राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था ऐन(वाफिया) ले दुई पटक सम्म सिइओमा बस्न नपाउने नियम बनाएको छ ।

 तर, ढुंगाना गभर्नर चिरञ्जिवी नेपाललाई रिझाई लगातार एनबीमा दुई कार्यकाल बसी हालीमुहाली गर्दै आएका छन् ।

 ज्ञवालीले अदालतमा दिएको रिटमा अन्तरिम आदेश जारी नभएपछि ढुंगाना र बंगालीहरुको झन हालीमुहाली बढ्ने देखिएको छ । यसअघि जग्गा खरिद देखि सफ्टवेयर परिवर्तन घोटलामा पनि सिइओ ढुंगाना मुछिएका थिए । अष्टेलियाको पीआर होल्डर ढुंगानाकै कारण अदालतमा बैंकविरुद्ध नै मुद्दा पुगेपछि सर्वसाधारणले राखेको निक्षेप र लगानी गरेका अर्बौ रुपैयाँ डुब्ने खतरा रहेको स्रोतको दावी छ ।

 

प्रतिक्रिया

सम्बन्धित