एकै परिवारका पाँच जनाको मृत्यु हुँदा तिलाठीका नै शोकमग्न

काठमाडौं : त्रिशुलीमा खसेको बस दुर्घटनामा परी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ। दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीमा बस खसेपछि उनीहरुको दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले जानकारी दिए। राष्ट्रिय वाणिज्य बैंक, गौशाला शाखा काठमाडौंमा प्रबन्धकका रूपमा कार्यरत झासहित उनकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए। संजितका परिवारका पाँचजना र साला र सालीको पनि मृत्युभएको हो। उनीहरू राजविराजबाट छुटेको ना ६ ख १४६७ नम्बरको बस चढेर जाँदै गर्दा शनिबार बिहान त्रिशुलीलीमा खसेपछि बसमा सवार संजीत, उनका भाइ, पत्नी, दुई छोरा र साला, साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन्। अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ।

शोकमा स्थानीय निकाय र शिक्षण संस्था बन्द सप्तरीका मात्रै २४ जनाको मृत्यु र २ जना वेपत्ता शनिबार धादिङस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएकाहरुको शव आज सप्तरी ल्याइँदा पुरा क्षेत्र नै शोकाकुल बनेको छ । उक्त दुर्घटनामा शव बरामद भएका ३१ जना मध्ये २४ जना सप्तरीका बासिन्दा छन् । जिल्लाका २ जना अझै बेपता छन् । बिहान १० बजे एकै परिवारको चारजनाको मृत्यु भएको र एक बालक बेपता भएको तिलाठीमा शव पुग्दा सिंगो गाउँभर नै रुवावासी चलेको थियो । यसैबीच, धादिङ दुर्घटनामा जिल्लाका २४ जनाको मृत्यु भएको र २ जना बेपता भएको शोकमा आइतबार जिल्लाका स्थानीय तह र मातहतका सरकारी कार्यालय बन्द छ । यस्तै निजी तथा सरकारी शिक्षण संस्थाहरु समेत शोकमा बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित