स्थानीय तहमा मन्त्रालयको कडाई, आफूखुसी भर्तिकेन्द्रको थलो नबनाउन निर्देशन

sanghiya mamila

  काठमाडौं । स्थानीय तहमा नेताका आसेपासेहरुलाई आफूखुी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडाई गरेको छ । मन्त्रालयले आफूखुसी कर्मचारी भर्ना नगर्न स्थानीय तहलाई निर्देशन समेत दिइसकेको छ।

मन्त्रालयले तय गरेको दरबन्दी अन्तरिम भएको भन्दै ती दरबन्दीलाई स्थायी पद मानेर कुनै पनि प्रक्रियाको आधारमा स्थानीय तहले कर्मचारी भर्ना गर्न नहुने मन्त्रालयले बताएको हो।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद लुइँटेलले स्थानीय तहलाई पठाएको निर्देशनमा भनिएको छ–‘सरकारलाई दायित्व पर्ने गरी अस्थायी, करार वा अरु कुनै प्रक्रियाबाट कर्मचारीहरू पदपूर्ति नगर्ने ।’

मन्त्रालयले स्थानीय तह (वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका) लाई लिखित निर्देशन दिँदै कर्मचारी अपुग भए माग गर्न आग्रह गरेको छ। मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्रमा देशका सबै तहमा कर्मचारी पठाइसक्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित