‘चौका दाउ’मा सोनिकाको चर्चा

sonika kc

    काठमाडौं । पुर्णेन्द्रु झाले निर्देशन गरेको चलचित्र ‘चौका दाउ’ मंसिर १४ गतेबाट रिलिज हुने भएको छ । नायिका बर्षा राउत मुख्य भूमिका रहेको चलचित्रमा राउतको भन्दा पनि आइटम डान्स गरेकी एक मोडलको भने अहिल्यै चर्चा शुरु भइसकेको छ । चलचित्रका सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा समावेश एक आइटम गीतको छायांकन सकिए लगत्तै ‘माया कतारमा’ बोलको गीतमा सोनीका केसी नाम गरेकी मोडलले हट नृत्य गरेकी छिन् । त्योसँगै उनको चर्चा बढ्दै गएको हो ।

चलचित्रका मुख्य ४ पात्रहरु मस्ती गर्नका लागि डिस्को गएको समयमा यो गीत चलचित्रमा देखिने निर्देशक झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित