टिकट हत्याउने नाममा ललितपुरमा डन महर्जनले व्यापारीलाई दु:ख दिएको आरोप

ललितपुर। नेपाली कांग्रेसले ललितपुर क्षेत्र नम्बर १ ख प्रदेश सभाको लागि सिफारिस गरेका गुण्डा नाइके मिनकृष्ण महर्जनले आफुले टिकट पाउन लागेको भन्दै ललितपुरका व्यापारीहरुलाई धम्क्याएर रकम असुली गर्न थालेका छन् ।  उनले कांग्रेस नेता रामचन्द्र पौडेल र खुमवहादुर खड्काको आफुलाई आशिर्वाद रहेको भन्दै कुनै पनि हालतमा टिकट पाएरै छाड्ने दाबी गरेर व्यापारीसँग रकम असुल्न थालेको वताइएको छ ।

 ललितपुर प्रहरी परिसरका एक प्रहरी अधिकारीका अनुसार महर्जनले धम्क्याएको केही उजुरी प्रहरीमा परेका छन्, त्यसबारेमा प्रहरीले पीडितलाई बोलाएर जानकारी लिइसकेको हुँदा महर्जन अब प्रहरीको फन्दामा पर्दैछन् ।  ललितपुरको लेले चापागाउमा आफ्नै वडामा समेत अध्यक्षमा कांग्रेसलाई  जिताउन नसकेका महर्जन जस्ता गुण्डालाई  कांग्रेसले उम्मेद्वार बनाएर टिकट दिएको खण्डमा त्यस क्षेत्रका इमान्दार कार्यकर्ताहरुको शिर निहुरिने कांग्रेस कार्यकर्ताहरु वताउँछन् ।

   'एमालेले गुण्डा नाइके दिपक मनाङगेलाई टिकट दिंदा पार्टीमा हङगामा भए झै महर्जनले पनि कांग्रेसबाट टिकट पाए भने कांग्रेसमा बिबाद निम्तिनेमा कुनै दुईमत छैन '-  ललितपुर कांग्रेसका एक कार्यकर्ता वताउंछन् । ठेक्कापट्टाबाट अबैध असुली , हप्ता असुली,चन्दा आतंक जस्ता गैरकानुनी कृयाकलापमा मुछिँदै आएका महर्जनमाथि विराटनगरका व्यापारी ध्रुव श्रेष्ठलाई अपहरण गरेको आरोप लागेको थियो । जुन मुद्दा अझै मिलेको छैन ।

  त्यस्तै, अबैध असुलीमा नै विवाद हुँदा महर्जनमाथि अर्का गुण्डा नाइके रमेश बाहुनले गोली चलाएका थिए । ललितपुर क्षेत्रका व्यापारीबाट मात्र महर्जनले टिकट हत्याउने नाममा दुई करोड भन्दा बढी रकम उठाएको भन्दै प्रहरीमा उजुरी परेको स्रोतले वतायो ।

प्रतिक्रिया

सम्बन्धित