प्रम ओली चीन जानु अघि नेकपाका अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान

Prachand-and-Sita-Dahal-at-Airport

   प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष पुष्पकमल दाहा ‘प्रचण्ड’ सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाललाई लिएर सिंगापुर प्रस्थान गरेका हुन् । प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।

सीताको सिङ्गापुरको माउण्ट एलिजावेथ हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने तयारी रहेको छ । पत्नीको उपचारपछि अध्यक्ष दाहाल बिहीबार फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित