त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो, उद्धार जारी

काठमाडौं। राजविराजबाट काठमाडौं जाँदै आउंदै गरेको ना६ख १४६७ नम्वरको बस त्रिशुलीमा खस्दा मृत्‍यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ ।  शनिबार बिहान करिव साढे ५ बजे धादिङस्थित त्रिशुली नदीमा खसेको बसमा ६४ यात्रु थिए । १६ जना घाइतेको उद्दार गरिएको छ । बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ । बस भसत्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित