त्रिशुलीमा बस खस्दा मृत्‍यु हुनेको संख्या ११ पुग्यो ,घटनास्थलमा सेना, सशस्त्र र प्रहरीको टोली

काठमाडौं। राजविराजबाट काठमाडौं जाँदै आउंदै गरेको ना६ख १४६७ नम्वरको बस त्रिशुलीमा खस्दा मृत्‍यु हुनेको संख्या ११ पुगेको छ । १५ जना घाइतेको उपचारका लागि अस्पताल लगिएको छ। शनिबार बिहान करिव साढे ५ बजे धादिङस्थित त्रिशुली नदीमा खसेको बसबाट ११ जनाको शव निकालिएको छ ।

बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ४ महिला र ७ पुरुषको शव निकालेहो हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

बस भसत्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित