प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

kp china

  काठमाडौं । चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । असार ५ गते १२० जनाको जम्बो टोलीसहित चीन गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फर्कन लागेका हुन् ।

ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित