विश्वकप उपाधिपछि मात्रै सन्यास : मेसी

messi 1

  काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आफू विश्वकपको उपाधि जितेर मात्र सन्यास लिने बताएका छन्। रसियामा जारी विश्वकपमा आफ्नो कला देखाउन नसकेका अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेल अगाडि त्यस्तो चाहाना ब्यक्त गरेक हुन् ।

‘द मिरर’ मा प्रकाशित भएको समाचार अनुसर आफू विश्वकपको उपाधि उचालेको कल्पना गरेरै यो स्थानमा आइपुगेको भन्दै उनले भनेका छन्–‘विश्वकपको उपाधि म र अर्जेन्टिनाका लाखौं फुटबल प्रेमीका लागि बिशेष हुनेछ।’ मेसीले खराब लयमा रहेको टिमले अब लय समात्ने दाबीसमत गरेका छन्।

विश्वकपको दुई खेलमा खराब अवस्थाबाट गुज्रिरहेको अर्जेन्टिनाका लागि उनको यस्तो चाहानाले उनका अर्जेन्टिनीहरुमा मात्र नभई संसारभर रहेका उनका फ्यानहरुमा उत्साह थपिने निश्चित छ। ‘मैले प्राय सबै प्रमुख उपाधी जितिसकेको छु र विश्वकप जित्न चाहान्छु। मलाई विश्वकप उपाधि नजिती सन्यास लिने चाहना छैन’, उनले मिररसँग भनेका छन्।

विश्वकपको पहिलो खेलमा आईसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसीयासँग अप्रत्याशित रूपमा ३–०ले पराजित भएपछि दोस्रो चरण प्रवेशको सम्भावना क्षीण बनेको हो। अब अन्तिम खेलमा नाईजेरियालाई हराउनै पर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि अन्य खेलले पनि नतिजा फरक पार्न सक्छ।

नाईजेरियासँग जितेर पनि आईसल्याण्डले क्रोएसियालाई जितको अन्तर ठूलो राखेमा अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ।

प्रतिक्रिया

सम्बन्धित