रोनाल्डो पनि चुके

ronaldo

   काठमाडौं । रसियामा जारी विश्वकपमा गएराती भएको खेलमा विश्व चर्चित खेलाडी रोनाल्डो पनि पेनाल्टिमा चुक्दा पोर्चुगल इरानसँग बराबरीमा रोकिन पुग्यो । क्रिष्टियानो रोनाल्डोले हानेको पेनाल्टीमा इरानका किप्परले रोकेपछि रोनाल्डो पनि तनावमा परेका छन् । तर, पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

खेलमा रेफ्रिले तीन पटकसम्म भीएआर हेरेका थिए । खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस्, दुबै भीएआरबाट लिइएको थियो ।

खेलमा पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो । भीएआर रिभ्यूबाट पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई इरानी गोलकिपर अली बेरानभान्डले रोकेका थिए ।

खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे र खेललाई बराबरीमा पु¥याए । पोर्चुगल उपविजेता बन्दै अब नकआउट चरणमा उरुग्वेसँग र स्पेनले आयोजक रसियासँग खेल्नु पर्नेछ । यसअघि भएको अर्जेन्टिना र आइसल्याण्डबीचको खेलामा मेस्सीले पेनाल्टि मिस गर्दा उनको सर्वत्र निन्दा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित