इन्जुरी समयमा गोल गर्दा धन्न बच्याे स्पेन

spain

  काठमाडौं । इन्जुरी समयमा गोलको मद्दतमा स्पेनले मोरक्कोसँग बराबरी खेल्दा पनि स्पेन समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको खेलमा थपिएको समयमा एगो आसपासको गोलको मद्दतले स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा अग्रता भने मोरक्कोले १४ औं मिनेटमा बाउटेबको गोलबाट लिएको थियो । तर, पाँच मिनेटपछि नै इस्कोले बराबरी गोल गरे । ८१ औं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई रुस विश्वकपमा पहिलो जितको आश जगाए ।

तर, इन्जुरी टाइमको सुरुवातमा स्पेनका असपासले बराबरी गोल फर्काए । ड्यानी कार्भाजलको पासमा गरेको उनको यो गोललाई भीएआर रिभ्यूपछि मात्र मान्यता दिइएको थियो । यदि स्पेन हारेकाे भए समूह चरणाबाटै बाहिरिने सम्भावना थियाे । तर, इन्जुर टाइमकाे गाेलले स्पेनलार्इ जाेगाएकाे छ ।

जितसँगै समूह बीमा रहेको स्पेन र पोर्चुगलको समान ४–४ अंक भएको थियो । तर, गोल अन्तरका आधारमा स्पेन समूह विजेता बन्दा पोर्चुगल उपविजेता बन्यो । अब स्पेनले नकआउट चरणमा आयोजक रसियासँग खेल्दा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित