एयरपोर्टभित्र श्रेष्ठको सिन्डिकेट, भण्डारी र राउतले बुझ्छन् कमिसन

subashseting

 काठमाडौं । विवादास्पद ब्यापारी सुवास श्रेष्ठले चलाएको सिन्डिकेटका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आन्तरिक र वाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् । अति संवेदनशिल क्षेत्र स्टराइल कक्षमा रहेका कफि सपमा उनले लुटतन्त्र मच्चाइरहेका छन् ।

 शक्ति केन्द्रलाई रिझाएकै भरमा श्रेष्ठले ५०० प्रतिशत भन्दा बढि नाफा लिएर कफि, पेय पदार्थ, जंक फुडहरु विक्री गरी सेवाग्राहीहरुलाई लुटिरहेका छन् । जवकि सरकारी मापदण्ड अनुसार २० प्रतिशत भन्दा बढि नाफा लिन पाईंदैन । विमानस्थल सुधारका लागि आफैले १० बुँदे निर्देशन जारी गरेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले एयरपोर्ट भित्रका यस्ता सिन्डिकेटवालालाई कहिलेसम्म संरक्षण दिइरहने हुन् ? कर्मचारीहरु नै प्रश्न गर्छन् ।

  श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको समेत स्रोतको दावी छ । यस बारेमा सुन तस्करीको छानविन समितिल अनुसन्धान गर्ने हो भने श्रेष्ठ पनि कारबाहीको दायरामा आउने ति कर्मचारी बताउँछन् ।  

राजपाका नेता शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए । सो वापत भण्डारीले आजसम्म पनि श्रेष्ठबाट अवैध रकम आर्जन गर्दै आइरहेको स्रोत बताउँछ । निर्जला भने भण्डारी निकट महिला हुन् । तर, सेवाग्राहिहरु भने ठगिएको ठगिएकै छन् ।
श्रेष्ठको नाममा रहेको ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालिले ९ वर्षदेखि विमानस्थल परिसरभित्र रहेको गोल्डेन गेटदेखि अप्रेसन भवनसम्म २५ थान र इन्टरनेशनल टर्मिनल भवनदेखि डोमेस्टिक टर्मिनल भवनसम्म २५ थान विज्ञापनका होर्डिङ बोर्ड राख्न अनुमति पाएको छ । २०६६ भदौ २२ र २०६८ भदौ ११ मा दुई पटक गरी १० वर्षका लागि सम्झौता गरिएको थियो । सो सम्झौतामा उक्त होर्डिङ बोर्डका साथै विमानस्थल भित्रका उपर्युक्त क्षेत्रहरुमा ब्यूटिफिकेशन(गार्डेन बनाउने र साजसज्जा) कार्य गर्न सम्झौता भएको थियो । तर, एक दशक वित्न लाग्दा पनि श्रेष्ठले पैसा र शक्तिको आडमा कुनै पनि ब्यूटिफिकेशनको कार्य नगरी होर्डिङ बोर्डको मात्रै काम गर्दै आइरहेका छन् ।  

 एउटा होर्डिङ बोर्ड राख्दा बार्षिक ९ लाखसम्म असुल्ने श्रेष्ठले महानगरपालिकालाई तिर्नुपर्ने कर समेत बुझाएका छैनन् । तर, उनले बार्षिक रुपमा भण्डारी र राउतलाई भने कमिसन बुझाउँदै आएका छन् । स्रोतका अनुसार १० वर्षको अवधि सकिन लाग्दा श्रेष्ठले सम्झौता नविकरणका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई प्रभावमा पार्न खोजेका छन् ।

 त्यसका लागि उनले गौतम निकट कर्मचारी निर्देशक प्रदिप अधिकारीसँग सम्बन्ध बढाई महानिर्देशक मार्फत सम्झौता नविकरण गराउन ठूलो रकमको चलखेल गरिरहेका छन् ।  विमानस्थल परिसरमा सरसफाईको ठेक्का लिएर डलर र हुण्डीको अवैध काम गर्दै आएका श्रेष्ठलाई विमानस्थलका प्रवत्ता एवम् निर्देशक प्रेमनाथ ठाकुरले संरक्षण दिंदै आएका छन् । १० वर्षदेखि विमानस्थलमा अड्डा जमाएर बसेका ठाकुरले श्रेष्ठसँग भित्रभित्रै साझेदारीमा समेत काम गरिरहेको विमानस्थल स्रोत दावी गर्छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

 

प्रतिक्रिया

सम्बन्धित