महापर्व छठ सम्पन्न

काठमाडौं : चार दिनसम्म मनाइने छठ पर्व शुक्रबार बिहान उदाउँदो सुर्यलाई अर्ग दिएसँगै सकिएको छ । बिहान जलासय किनारमा पुजन सामग्रीसहित भेला भएर उदाइरहेको सूर्यलाई अर्घय दिएपछि छठ समापन भएको हो । चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउँन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। तराई मधेसमा विशेष महत्त्वका साथ मानिने छठ अहिले काठमाडौंसहित सबै भागमा उत्तिकै श्रद्धासाथ मानिन्छ । काठमाडौंको गुहेश्वरी, बालकुमारी, टेकु, टंकेश्वर, कमलपोखरीलगायतका स्थानमा पनि श्रद्धालुका घुइँचो लागेको थियो । पहाडी समूदायबाट पनि छठ पूजामा उल्लेख्य उपस्थिति थियो । छठका अवसरमा सरकारले शुक्रबार दोस्रो दिन पनि बिदा दिएको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित