कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९ सय ९६ जना उतिर्ण (नतिजासहित)

eps korea

   काठमाडौं । सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।

यो वर्ष ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।

कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्। सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

https://drive.google.com/file/d/1R7NsZZ8oS4FchzdMgOPhILkt81yxU103/view

 

प्रतिक्रिया

सम्बन्धित