यस्तो बन्यो साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’ र आँचलको ‘ब्ल्याक’ (भिडियोसहित)

anchal and samragi

   काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगर स्टारर ‘इन्टु मिन्टु लन्डनमा’ ले आफ्नो टिजर रिलिज गरेको छ। बिहिबार एक कार्यक्रम गर्दै फिल्मको टिजर रिलिज गरिएको हो। फिल्म कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशकिय डेब्यू फिल्म हो।

टिजर रिलिज कार्यक्रममा बोल्दै रेनशाले फिल्म पूर्णतया प्रेमकथामा निर्माण गरिएको बताउँदै निर्देशकिय डेब्यू फिल्मका लागि करिब डेढ वर्षसम्म अन्य फिल्ममा कोरियोग्राफी नगरेको बताइन् ।

यसैबीच आँचल शर्मा र आकाश खड्का अभिनित सिनेमा ‘ब्ल्याक’को पिन ट्रेलर रिलिज भएको छ । प्रेमकथा फिल्मका निर्देशक प्रदीप श्रेष्ठले निर्देशन हुन् । फिल्म भदौ १ मा रिलिज हुने घोषणा गरिएको छ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित