प्रदर्शनमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

sarbochha

 

  काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सार्वजनिक स्थानहरुमा जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञा तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज उक्त आदेश दिएको हो । यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएइएको छ ।

स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश खतिवडाको एकल इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । साथै लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश पनि दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित