स्वीडेनलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा

england

   काठमाडौं । स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा ह्यारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे ।

ह्यारी र अलीको गोल तथा गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउमा इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । इंग्ल्याण्डले अब आयोजक रसिया र क्रोएसियाबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल पुगेको इंग्ल्याण्ड तात्तकालिन पश्चिम जर्मनीसँग पेनाल्टीसुटआउटमा ४(३ ले पराजित हुँदै फाइनल पुग्नबाट बन्चित भएको थियो। त्यसबेला इंग्ल्याण्डले क्वाटरफाइनलमा अफ्रिकन टोली क्यामरुनलाई पारजित गरेको थियो।

उता सन् १९९४ मा चौथो भएको स्वीडेनको २४ वर्षपछि सेमिफाइनल पुग्ने सम्भावना भने पूरा हुन सकेन। इंग्ल्याण्ड विरुद्धको खेलमा स्वीडेनले गोल गर्ने अवसर बनाएपनि इंग्ल्याण्डका गोलकिपर पिकफोर्डले दुई उत्कृष्ट बचाउ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित