जुलाई १२ बाट यूएईका विभिन्न हलमा प्रदर्शन हुँदै ‘शत्रुू गते’

satur gate

   काठमाडौं । सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका विभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र ‘शत्रुू गते’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।

नेपालमा दर्शकले मन पराएको चलचित्र ‘शत्रू गते’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । ‘शत्रुू गते’ युएईका बिभिन्न शहरका १५ सिनेमा हलमा लाग्ने भएको छ ।

चलचित्र १२ जुलाईमा युएईको दुबई, अबुधाबी, अजमान, रसअलखेमा, फुजेराहलगायत ठाउँका बिभिन्न सिनेमा हलमा प्रदर्शन हुनेछ । ‘शत्रुू गते’ युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।

‘शत्रुू गते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झालगायतका कलाकारको प्रमुख भूमिका छ ।

चलचित्र मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगाएत बिदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र हो ।

प्रतिक्रिया

सम्बन्धित