क्लव डेजाभुमा मार्समेलोपछि अर्को घटना दोहोरिने खतरा, डिएसपी मल्ल बिबादमा

punam

 काठमाडौं । सामाजिक सञ्जालमा उत्तेजक तस्बिर राखेर कानूनी फन्दामा परिसकेकी बलिउडकी मोडल पुनम पाण्डेले आइतबार राति डेजाभु क्लवमा अर्धनग्न नृत्य देखाउने भएकी छन् । तोडफोडमा परेर ठूलो दुर्घटनाबाट जोगिएको दरबारमार्ग स्थित क्लव डेजाभुले फेरि त्यस्तै घटना दोहोर्‍याउने संकेत देखिएको  छ ।

 खराब तयारी र झुठ प्रचार गरेर धेरै ग्राहक तोनेका कारण रिसाएका दर्शकहरूले क्लव तोडफोड गरेका थिए । क्लवको कार्यक्रमलाई दरबारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले स्वीकृति दिएको आयोजकले जनाएका छन् ।

 यस पटक डिजे मार्समेलो नआएका कारण जस्तो तोडफोड हुने छैन तर, सेलिब्रेटीको उछृङ्खल गतिविधिका कारण क्लव डेजाभुमा तोडफोड र कुटपिट हुन सक्ने अनुमान गरिएको छ । काठमाडौंको दरबारमार्गमा रहेको क्लव डेजाभुमा आइतबार राति विश्वकफ फुटबलको फाइनल खेलको खुसियालीमा क्लवका मालिक केपी गैरेले बलिउडकी ‘सी’ ग्रेडकी नायिका पुनम पाण्डेलाई ल्याएका छन् । पाण्डेले प्रस्तुति दिने छिन् । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बलिउड नायिका एवम् मोडल पुनम पाण्डेले आफ्ना नग्न नृत्य हेर्न क्लवमा आउन निम्तो दिएकी छिन् । डेजाभु क्लवले विश्वप्रसिद्ध डिजे मार्समेलो आउने भनेर टिकट बिक्री गरेको थियो ।

 अन्तिम समयमा मार्समेलो नआएपछि टिकट काटेर क्लवमा पुगेकाहरूले तोडफोड गर्नुका साथै आगो लगाउने प्रयास गरेका थिए । डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् ।

 उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याइएको हो, बाहिर हल्ला फिजाइए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याएको होइन ।’दरबारमार्गका प्रहरी प्रमुख मल्ले डेजाभु क्लवमा मंसिर २७ गतेको वितण्डा भुलेर यति ठूलो कार्यक्रम गर्न किन दिए भनेर प्रश्न उठेको छ । क्लव डेजाभुमा हुलदंगा भयो भने उद्धारका लागि कठिनाइ हुने प्रहरीकै भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित