अबैध हतियारको कारोवार गर्ने भारतीय गिरोहका नाइके बाँके प्रहरीको फन्दामा

नेपालगन्ज । अबैध हातहतियारको कारोवार गर्ने भारतीय नागरिक बाँके प्रहरीको फन्दामा परेको छ  । हातहतियारको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले जानकी गाउँपालिका–६, डिठापुरबाट भारत बहराइच जियागाउँका २५ वर्षिय रमजान खानलाई कटुवा पेस्तोलसहित बुधवार पक्राउ गरेको हो। घरमा बनाइएको उक्त पेस्तोलसहित पक्राउ परेका खानले उक्त पेस्तोल बाँकेका एकजना व्यक्तिलाई विक्री गर्न ल्याएको प्रहरी समक्ष बयान दिएका छन् । उनले यसअघि पनि भारतबाट कटुवा पेस्तोल ल्याएर बाँकेका विभिन्न ठाउँमा विक्री गरेको अनुसन्धानबाट खुल्नमा आएको बाँकेका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सुधीर शाहीले जानकारी दिए ।खानले भारतबाट ल्याएर नेपाली २० हजार रुपैयाँमा पेस्तोल विक्री गर्दै आएको बनाउँदै शाहीले पत्रकार सम्मेलनमा बताए । उनले पेस्तोल खरिद गर्ने व्यक्तिको पहिचान भइसकेको बताए । पेस्तोल खरिद गर्ने व्यक्तिको ब्याकग्राउन्ड राम्रो नभएको बताउँदै उनले खरिद गर्ने व्यक्तिको बारेमा अनुसन्धान भइरकेको समेत जानकारी दिए ।

आव २०७४/७५ मा ५ वटा अवैध हतियार पक्राउ

प्रहरीले आर्थिक वर्ष २०७४/०७५ मा ५ वटा अवैध हतियारसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यस आवमा २ थान कटुवा पेस्तोल, २ थान एयर गन र १ थान भरुवा बन्दुक पक्राउ गरिएको छ । पक्राउ परेका सबै विरुद्ध हातहतियार खरखजाना विरुद्ध मुद्धा दायर गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शाहीले बताए ।

उनले पहिलेका तुलनामा पछिल्लो समय हातहतियार ओसार पसार कम भएको बताए । प्रहरीले आव २०७३/०७४ मा एक कटुवा पेस्तोल, एक थान एयर गन र एक थान भरुवा बन्दुक सहित ८ जनालाई पक्राउ गरेको थियो भने आव २०७२/०७३ मा १० थान कटुवा पेस्तोल, २ थान रिवल्भर, रिभल्वर २ र एक थान एयरगनसहित ३४ जनालाई पक्राउ गरेको थियो ।

फरार अभियुक्त पक्राउबाँके प्रहरीले कर्तब्य ज्यान मुद्धामा फरार रहेका साविक गंगापुर गाविस–५ का मुन्नालाल मौर्य भन्ने सारदा प्रसाद मौर्यलाई पक्राउ गरि सार्वजनिक गरेको छ । उनी सहित ११ जनाले कर्तब्य गरि फरार रहेका रामचरण गोडिया र गजेन्द्र कुमार मौर्यलाई तत्काल पक्राउ गरि कारागार चलान गरिएको थियो भने साविक गंगापुर गाविस–५ का बाला प्रसाद मौर्यलाई समेत प्रहरीले पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित