देउवा किन चलेनन् बिधान अनुसार ? शुरु भयो बिरोध

sherdeauwa

 काठमाडौं । काङ्ग्रेस सभापति शेरबहादुर देउवा नसच्चिएको भन्दै पार्टीभित्र देउवाको बिरोध सुरु भएको छ । कांग्रेसका बरिस्ठ नेताद्वय रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहले पार्टी सभापति शेरबहादुर देउवा अझै नसच्चिएको निश्कर्ष निकालेको छ ।

 सोमबार काठमाडौंमा पौडेल र सिटौला समूहका केन्द्रीय सदस्यहरुको भेलाले देउवा आफ्नै प्रतिबद्धता र पार्टीका विधानअनुरुप नचलेकाले उनको बिरोध गर्ने निर्णय भएको एक नेताले वताए । देउवालाई विधानअनुसार चल्न दवाव दिने निर्णय भएको समेत ति नेताले वताए ।

देउवाले गरेको प्रतिवद्धता अझै पूरा नभएको, कार्यसम्पादन समिति भंग भएको दुई महिना भइसक्दा पनि पुनगर्ठनमा चासो नदेखाएको, प्रदेश निर्वाचन समिति अहिलेसम्म गठन नै नभएको लगायतका विषयमा नेता र कार्यकर्ताहरुले धारणा राखेका थिए  । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जनरसिंह केसी लगातको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित