कुख्यात गुण्डा नाइके मनाङ्गे र ओलीबीच यसरी भयो भित्री सहमति
टिकट नपाएका मनाङ्गेले आफूलाई जनताको साथ र माया भएको तथा जित्ने दाबी गर्दै स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए । एमालेका अध्यक्ष केपी ओलीसँगको भित्री सहमतिपछि मनाङ्गेलाई स्वतन्त्रबाट जिताउने भित्री योजनाअनुसार लामालाई फिर्ता गरेर मनाङ्गेका लागि बाटो खोलिएको हो । योसँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुनेछ ।
मनाङ्गे केही समय अगाडि मात्रै राप्रपा छाडेर एमालेमा प्रवेश गरेका थिए । गुन्डा नाइके मनाङ्गेबाट शान्ति सुरक्षामा खतरा रहेको भन्दै प्रहरीले स्थानीय तहको निर्वाचनका बेला पक्राउ गरेर थुनेको थियो । उनीविरुद्ध अपहरण, ज्यानमुद्धा, फिरौती, जबरजस्ती चन्दा असुली जस्ता अनेकौ अपराध लागेका छन् ।
प्रतिक्रिया