मन्त्रीहरु फिर्ता बोलाउँदै प्रचण्ड

काठमाडौंँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारमा सहभागि सहभागी आफ्नो पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने अन्तिम तयारीमा जुटेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा मंगलबार छलफल भएको थियो ।

  प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।अध्यक्ष दाहालले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।“सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ”–प्रधानमन्त्रीसँग अध्यक्ष दाहालले भनेको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित