बस्नेतलाई गृह र कार्कीलाई परराष्ट्र मन्त्रालय जिम्मा लगाउने देउवाको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् । माओवादीबाट मन्त्री बनेकाहरुलाई विनाविभागीय बनाएपछि प्रधानमन्त्री देउवाले खाली रहेको परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयकोे जिम्मेवारी क्रमशः अर्थमन्त्री ज्ञानेन्द्र कार्की र सञ्चारमन्त्री मोहन बस्नेतलाई दिने तयारी गरेका हुन् । राप्रपालाई सरकारमा सहभागी गराएपछि अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । बालुवाटार स्रोतका अनुसार कार्की र बस्नेतलार्इ दुर्इ मन्त्रालयको जिम्मेवारी थप्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित