डिएलएको अध्यक्षमा अधिकारी अगाडि

yogendra

 काठमाडौं । डेमोक्य्राटिक लयर्स एशोसिएशन (डिएलए) नेपालको महाधिवेशन यहि १२ र १३ मा गैडाकोटमा हुने भएको छ । विवादका कारण विगत पाँच वर्षदेखि हुन नसकेको डिएलएको अधिबेशमा अध्यक्ष पद हत्याउन आधा दर्जन कानुन व्यवसायी लागि परेका छन् ।

 अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामकुमार श्रेष्ठलगायत मैदानमा उत्रदै छन् । २६ बर्ष देखि निरन्तर कानून व्यवसायिमा आबद्ध अधिकारी एक स्वछ छबिका व्यक्तिका रुपमा परिचित छन् । फौजदारी कानुनमा स्नातोकत्तर गरेका अधिकारीले पटक–पटक काठमाडौं बारको नेतृत्व सम्हाली सकेका छन् ।
२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापा, महासचिव माधव बास्कोटा, उपाध्यक्ष शेरबहादुर केसीसँगै गिरफ्तारीमा परेका अधिकारीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

 डिएलएमा देखिएको नेपालगञ्जको सम्मेलन बिबादलाई समाधान गर्ने मूख्य भूमिका समेत उनले खेलेका थिए । बरिष्ठ अधिबक्ता, अग्रज कानुन व्यवसायी, समकालिन तथा नब प्रबेशी कानुन व्यवसायिलाई सम्मान गर्दै आएका अधिकारीलाई अन्य कानुन व्यवसायीले एक आइडलका रुपमा मान्दै आएका छन् ।

 संगठनलाई व्यक्तिगत भन्दा संस्थागत रुपमा चुस्त दुरुस्त राख्नु पर्ने एजेण्डा बोकेका अधिकारीले स्वतन्त्र न्यायपालिका, कानुनी शाशन र मानब अधिकारको मुद्दालाई पनि प्राथमिकतामा राखेका छन् । जसका कारण अधिकारीको जित सुनिश्चित भएको कानुन व्यवसायीहरु नै बताउँछन् ।

(यूनाइटेड पोष्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित