माओवादीले तत्काल सरकार नछाड्ने

काठमाडौं : माओवादी नेताहरुले तिहारलगत्तै मनोनयन दर्ता गरेपछि सरकार छाड्ने बताए पनि माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । मनोनयन दर्ता भएको दुई दिन बितिसक्दा पनि माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा सरकारमा कायमै छन् । मनोनयन दर्ताको अघिल्लो दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि माओवादी सरकार नछाड्ने मनस्थितिमा पुगेको बताइन्छ । सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपालाई समावेश गरी माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए । त्यसलाई माओवादीले चुनाव सार्ने षडयन्त्रको संज्ञा दिएको थियो । चुनावी तयारी गरिरहेका बेला प्रदेश र प्रतिनिधिसभा निर्वाचन सार्ने षडयन्त्र भइरहेको सूचना पाएको बताउँदै माओवादीले चुनाव सुनिश्चित नभएसम्म सरकारमै रहने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित