अहिले चाहिं किन डा. केसीको पक्षमा ?
काठमाडौं । आफू स्वास्थ्य मन्त्री हुँदा डा. गोविन्द केसीको मागप्रति वेवास्ता गरेका नेपाली कांग्रेसका सांसद गगन थापा यतिबेला भने डा. केसीको पक्षमा उभिएका छन् । कहिले समर्थनमा सडकमा त कहिले संसदमा डा. केसीलाई कुनै पनि हालतमा हार्न नदिइने भन्दै उनी यतिबेला केसीको पक्षमा उभिएका हुन् ।
शुक्रबार संसदमा बोल्दै थापाले सरकार र केसी पक्षबीच विहिबार भएको नौं बुँदे सहमति र त्योसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह गरेका छन् । एउटै व्यक्ति एउटै विषयका लागि पटक–पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै उनले आफूहरुको सम्झौता गर्ने तर, पालना नगर्ने बानीका कारण अनसनको प्रक्रिया चलिरहेको बताए ।
‘यो पटक डा. केसीलाई पनि हार्न दिनौं र हामी आफू पनि हार्दैनौं । जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ ।’ उनले भने ।
प्रतिक्रिया