भारतबाट केपिएमजीको टिम झिकाएर स्विफ्ट ह्याकको अध्ययन गरिंदै

काठमाडौं : एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक गरी ४० करोड भन्दा बढि रकम चोरी भएपछि राष्ट्र बैंकले सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखहरुलाई बोलाएर सुरक्षित कारोबार कसरी गराउन सकिन्छ भनेर राय माग गरेको छ। हल तिहारको दिन एनआइसी एसियाको स्विफ्ट कारोबार ह्याक भएर रकम चोरी भएको थियो। यही कारण बाँकी बैंकहरुको अवस्था कस्तो छ भनेर राष्ट्र बैंकले विभागीय प्रमुखहरुलाई डाकेर जानकारी लिएको हो। स्विफ्ट ह्याकबाट पुगेको क्षति र अन्य परिक्षणका लागि राष्ट्र बैंकले केपिएमजीलाई भारतबाट डाकेर निरक्षणमा खटाएको छ। टिमले अध्ययन प्रतिवेदन दिएपछि वास्तविक अवस्था वाहिर आउने छ। राष्ट्र बैंकले स्विफ्टको मापदण्ड अनुसार काम भएको छ÷छैन भनेरसमेत सोधेको थियो। साथै भविस्यमा यस्ता खालका समस्या आए त्यसलाई तत्काल निदान गर्न र प्रणालीलाई कसरी मजबुत बनाउने भन्ने आवश्यक तयारी गर्न एक समितिसमेत गठन गर्ने भएको छ। यता बैंकर्स संघले पनि केही दिनमै आफ्ना सदस्य बैंकहरुसँग छलफल गर्ने भएको छ। संघले सबै सदस्य बैंकलाई तत्कालै जानकारी गराएर उच्च सुरक्षा सतर्कता अपनाउन भनेको थियो।

प्रतिक्रिया

सम्बन्धित