केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी
काठमाडौं। केन्द्रीय कारागार सुन्धारामा रहेका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । कैदीबन्दीमा मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्यालगायतका रोग देखापरेको प्रहरी स्रोतले जनाएको छ। उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताउँछन् ।
कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन् । केन्द्रीय कारागारभित्रको तीनवटा भवनमा हाल दुई हजार ८०३ कैदीबन्दी तथा चार नाबालक छन् । केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया