काँग्रेसको अवरोधका बाबजुद प्रतिनिधिसभा मातहतका १० समिति गठन (नामावली सहित)

sansad

   काठमाडौं । प्रतिनिधिसभाले संसदका विषयगत समिति गठन गरेको छ। बिहीबार बसेको बैठकले १० समिति गठन गरेको छ। प्रतिनिधिसभाको विहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

कुन समितिमा को–को ?

प्रतिक्रिया

सम्बन्धित