एनबी बैंकले १२ प्रतिशत बोनस शेयर दिने

काठमाडौं : नेपाल बंगालदेश बैंकले १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकले मंसिर ३ गते २३औं बार्षिक साधारणसभा डाकेको छ। साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांस पारित गर्ने भएको छ। बैंकले गत आर्थिक बर्षको नाफाबाट हाल कायम भएको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। साथै साधारणसभामा ३.७९ प्रतिशत नगद लाभांस पनि पारित गर्ने प्रस्ताव लगिँदैछ। साधारणसभाले बैंकको अगामी चार बर्षको लागि संचालक समितिको चयन गर्ने भएको छ। जसमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्बसधारण समूहबाट तीन जना संचालकहरुको निर्वाचन गर्ने भएको छ। बैंकले सधारणसभा प्रयोजनका लागि कार्तिक १३ देखि मंसिर ३ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ। बैंकको हालको चुक्ता पूँजी सात अर्ब २१ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरेसँगै चुक्ता पूँजी ८ अर्ब आठ करोड रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित