सबैभन्दा बढी कर तिर्ने एनसेल बन्यो सबैभन्दा बढी लाभकर छल्ने कम्पनी
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सबैभन्दा बढी कर तिरेको तथ्य बाहिर आएको छ। आर्थिक वर्ष २०७४र०७५ मा एनसेलले सरकारलाई १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ । नेपाल टेलिकम भने नौ अर्ब ९६ करोड तिरेर धेरै कर तिर्ने कम्पनी बनेको मा दोश्रो बनेको तथ्य कर कार्यालयको छ ।
आर्थिक वर्ष २०७४/ ७५ मा ठूला करदाता कार्यालयले एक खर्ब ४८ अर्ब ७५ करोड कर संकलन गरेको जनाएको छ । अचम्म त के छ भने सबैभन्दा बढी लाभकर छल्ने कम्पनी पनि एनसेल हो। आँफैले ६५ अर्ब लाभकर निर्धारण गरेर पनि कर कार्यालयले एनसेलबाट उक्त रकम उठाउन सकेको छैन ।
सरकारलाई तिर्नुपर्ने राजस्व नतिर भनेर न्यायालयले अन्तरिम आदेश दिएका कारण ६५ अर्ब राजस्व असुलीमा बाधा पुगेको छ । जुन काण्ड संसदिय सुनुवाई बिशेष समितीमा पनि प्रवेस पाएको थियो । एनसेलको लाभकर नउठाउन आदेश गर्ने भने वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र हुन ।
प्रतिक्रिया