जापान नेविसंघको अध्यक्षमा अधिकारी

deepak ji

  जापान । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दीपक अधिकारीलाई जापनको अध्यक्षमा मनोनित गरेको छ । नेविसंघको विधान भाग ३ को धारा ६ बोमोजिम अधिकारीलाई जिम्बेवारि दीइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । ‘संगठनलाई थप चुस्त दुरुस्त बनाउने उदेश्यका साथ नेपाल विद्यार्थी संघको विधान अनुसार तपाइलाई नेविसंघ जापनाको अध्यक्षमा जिम्मेवारी दिएको छ’ नेपाली कांग्रेस जापान जनसम्पर्क समितिलाई बोधार्थ दिएर लेखिएको जिम्मेवारी पत्रमा भनिएको छ। अधिकारी नेपालमा रहँदादेखि नै नेविसंघको राजनीतिमा सक्रिय थिए ।

पछिल्लो चार वर्षदेखि जापानमा रहेका उनी विशेषगरी २०६१ सालमा पाटन मल्टिपल क्याम्पसबाट औपचारिक रुपमा नेविसंघको राजनीतिमा सक्रिय भएका हुन् । २०६२ सालको स्ववियु निर्वाचनमा सो क्याम्पसमा नेविसंघलाई जिताउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेविसंघ आरआर क्याम्पस कोशाध्यक्ष तथा नेविसंघ ओखलढुंगा काठमाडौं सम्पर्क समितिमा समेत बसेर उनले कुशल रुपमा जिम्मेवारी निभाई सकेका छन्।

deepakपढाइलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्ने ठूलो सपनाका साथ जापान पुगेका उनी जापान युनिभर्सिटी अफ इकोनोमिक्सका फोर्थ समेस्टरमा अध्ययनरत छन् । अधिकारीले नेविसंघ केन्द्रिय समितिले दिएको जिम्मेवारी पूर्णरुपमा निभाउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित