विप्लव माओवादीद्वारा नेपाल बन्दको घोषणा

biplap

   काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ । नेकपाले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी अपुरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको भन्दै यस अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने सपना नदेख्न पनि चेतावनी दिइएको छ । उनले राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित